मन्त्री हुँदा दर्जनौँ दबाब र प्रलोभन आए : प्रेम आले

नेपालभ्युज

मन्त्री हुँदा दर्जनौँ दबाब र प्रलोभन आए : प्रेम आले

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन्।

पदबाट राजीनामा दिएपछि आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफूले स्वमूल्यांकनमा ९० प्रतिशत ल्याएको दाबी गरे। आफू प्रक्रिया भन्दा एक्सनमा विश्वास गर्ने राजनीतिक परिपार्टीमा हुर्किएको भन्दै सोही अनुरुप नै काम गरेको उनले बताए।

मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण सम्पन्न हुनु, त्रिभुवन विमानस्थलमा निःशुल्क बस सेवा सञ्चालन गरिनु उपलब्धि भएको सुनाए।

आफू मन्त्री हुँदा दर्जनौँ दबाब र आर्थिक प्रलोभन आउँदा पनि आफू प्रभावमा नपरेको उनले बताए। आलेले आफूलाई मन्त्री भन्ने कुरा ठूलो नभएको भन्दै पार्टीमा आउदा पनि मन्त्रीको बार्गेनिङ नगरेको तर्क गरे।

उनले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष आफूले असार १० गते नै राजीनामा बुझाएको जानकारी पनि दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved