भारतीय राजदूत श्रीवास्तव जिम्मेवारी सम्हाल्न काठमाडौंमा

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव जिम्मेवारी सम्हाल्न शनिबार काठमाडौं आइपुगेका छन्।

नेपालभ्युज

भारतीय राजदूत श्रीवास्तव जिम्मेवारी सम्हाल्न काठमाडौंमा

काठमाडौं। नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव जिम्मेवारी सम्हाल्न शनिबार काठमाडौं आइपुगेका छन्। विनय मोहन क्वात्रालाई भारतीय विदेश सचिवमा नियुक्त गरेपछि खाली रहेका नेपालका लागि भारतीय राजदूत पदमा श्रीवास्तव नियुक्त भएका थिए।
श्रीवास्तव करियर कूटनीतिज्ञ हुन्।

काठमाडौं आउनुअघि श्रीवास्तव नयाँ दिल्लीमा चीन, जापान, कोरिया, मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रूपमा कार्यरत थिए।

उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरे । साथै उनले वासिङ्टन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved