एमालेका १० भाइ नेतामा दासत्वको नसा भएको माधव नेपालको टिप्पणी

नेपालभ्युज

एमालेका १० भाइ नेतामा दासत्वको नसा भएको माधव नेपालको टिप्पणी
फाइल फोटो

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेबाट बिद्रोह गर्दा सँगै रहेका तर पछि एमालेमै फर्किएका १० भाइ नेतामा दासत्वको नसा अझै रहेको बताएका छन्।

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले एमालेबाट बिद्रोह नगरेको भए दास बन्ने वा राजनीतिबाट पलायन हुने अवस्था देखिएको बताए। एमालेका १० भाइको दिमागबाट अझै दासत्वको नशा उत्रिनसकेको टिप्पणी गर्दै समाजवादीलाई धारेहात लगाउने काम नगर्न उनले चेतावनी दिए।

यसैगरी उनले नेपालले मुलुकको अर्थतन्त्र सुधार र भ्रष्टाचार नियन्त्रणमा सरकारको विशेष ध्यान दिनुपर्ने बताए। भ्रष्टाचार बढिरहेकाले गठबन्धनको बैठकबाट सरकारको ध्यानाकर्षण गराइएको उनले बताए।

यस्तै उनले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेका कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको टिप्पणी गरे। गठबन्धनप्रति आफुहरुको धेरै गुनासो रहे पनि आफ्नै कारणले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको उनको भनाइ थियो।

उनले आगामी निर्वाचनमा समेत गठबन्धन दलले यसअघिका कमजोरी हटाएर मिलेरै जाऔँ भनेकाले कमजोरीहरु दोहरिन नदिन आफै सचेत हुनुपर्ने धारणा राखे। अहिलेको अवस्थामा गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यक्ता देखिएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved