२० रुपैयाँले घट्यो पेट्रोलको मूल्य

नेपालभ्युज

२० रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको कर कटौती गरेर पेट्रोल र डिजेलको मूल्य घटाउने तयारी निर्णय गरेको छ। शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो।

शनिबारदेखि नै लागू हुनेगरी पेट्रोलियम पदार्थमा लगाइएका कर कटौती गरी पेट्रोलको मूल्य २० र डिजेल-मट्टितेलको मूल्य २९ रुपैयाँले घटाउने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए।

आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले उक्त जानकारी गराएका हुन्।

मूल्य घटेसँग अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १६३ कायम भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved