एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

बैठकलगत्तै १३ र १४ असारमा केन्द्रीय परिषद्को बैठक बस्दैछ।

नेपालभ्युज

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ।

आज शुरु हुने बैठक भोलिसम्म जारी रहने छ। त्यसलगत्तै १३ र १४ असारमा केन्द्रीय परिषद्को बैठक बस्दैछ।

मन्त्री फिर्ता बोलाउने निर्णयका कारण संकट उत्पन्न भएको पार्टी सोही विषयमा घनिभूत छलफल हुने बताइएको छ। मन्त्री फिर्ता बोलाउने पार्टीको निर्णयविरुद्ध मन्त्रीहरुसहित १० सांसदले पार्टीलाई पत्र लेखेपछि बिबाद थप पेचिलो बनेको छ।

पुराना मन्त्रीहरुलाई पिफर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गरेका अध्यक्ष माधवकुमार नेपाल १० सांसदको पत्रपछि थप दबाबमा परेका छन्। सोही विषयलाई केन्द्रीय कमिटी बैठकले टुंग्याउने पार्टीको तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved