मेसिनले हात काटिएर जुटमिलका मजदुरको मृत्यु

मृत्यु हुनेमा विराटनगर – १४ का ४२ वर्षीय राजो कामत छन्।

नेपालभ्युज

मोरङ। मेसिनले हात काटिएर विराटनगरस्थित रघुपति जुटमिलका एक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा विराटनगर – १४ का ४२ वर्षीय राजो कामत छन्।

जुटमिलमा मेसिन अपरेटरका रुपमा काम गर्दै आएका कामतको बिहीबार काम गर्ने क्रममा बायाँ हातको कुमबाटै काटिएको थियो।

उनलाई उपचारका लागि तत्काल विराट नर्सिङ होम ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved