प्रेम आलेलाई मन्त्री पदबाट हटाउन सर्वोच्चमा रिट

नेपाल भ्युज

प्रेम आलेलाई मन्त्री पदबाट हटाउन सर्वोच्चमा रिट

काठमाडौं । पटक पटक विवादमा आएका संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

न्यायाधीश टंक मोक्तानको आदेशपछि सर्वोच्चले बिहीबार रिट दर्ता गरेको रिट निवेदक अधिवक्ता किशोरकुमार पौडेलले जानकारी दिए। रिटमा उनको मन्त्री पद बर्खास्तीको माग छ।

यसअघि उक्त रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। त्यसविरुद्ध पनि पौडेलले निवेदन दिएपछि मोक्तानको इजलासले दरपीठ बेरितको देखिएको भन्दै बदर गरिदिएको थियो। रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ।

मन्त्री आलेको व्यवहार पटक पटक विवादमा परेको भन्दै पदमा बसिरहन योग्य नरहेको निवेदक अधिवक्ताको जिकिर छ।

‘निज सो पदमा बसिरहन असक्षम रहेको प्रस्ट छ। निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ। निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाउँ’, रिटमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved