धमाधम आउँदै रासायनिक मल

नेपालभ्युज

धमाधम आउँदै रासायनिक मल
फाइल तस्वीर

काठमाडौं । वर्षा शुरु हुन लागेपछि सरकारले रासायनिक मल आयातलाई तीव्रता दिन थालेको छ।

साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले अनुदानमा पाएको २२ हजार मेट्रिक टन युरिया मल कलकत्ता आएको जानकारी दिएको छ। त्यसमध्ये आज बिहान २५ सय मेट्रिक टन वीरगन्ज भन्सार कार्यालयमा आइपुगेको कम्पनीका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिए।

अरू मल पनि लोड गरी आउने क्रममा रहेको उनले बताए।  उनका अनुसार रासायनिक पाँच सात अघि पनि डीएपी २० हजार मेट्रिक टन कलकत्तासम्म आइपुगेको जसमध्ये १७ हजार नेपाल आइपुगेको छ। पानीजहाजमार्फत ल्याइने हुँदा पटकपटक गरे मल ल्याइने उनले बताए। एक चोटिमा रेल्वेबाट २५ सय मेट्रिक टन अर्थात ५० हजार बोरा मात्र आउने उनले बताए।

कलकत्तामा बन्दरगाहमा ४ लाख ४० हजार बोरा मल राखिएको र प्रायः दिन बिराएर लोड गरिने उनले बताए।

हरेक वर्ष धानखेतीका लागि अर्थात् वर्षायाममा डेढदेखि दुई लाख मेट्रिक टन मलखाद चाहिने भन्दै उनले आफूहरूले पाएको कोटाअनुसार अधिकांश मल ल्याइसकिएको जानकारी दिए।

“कलकत्ता आएपछि लोड गरेर नेपालमा ल्याइन्छ। त्यहाँबाट नेपालमा ल्याइन्छ। नौचोटि गरेर ल्याउँदा सबै मल ल्याइन्छ,” झाले जानकारी दिए।  २० हजार डीएपी मलमध्ये १७ हजार नेपाल भित्रिसकेको र १० दिनभित्र बाँकी मल पनि आइपुग्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved