प्रज्ञा प्रतिष्ठानको आर्थिक कठिनाइ सुल्झाउन पहल गर्छु : प्रधानमन्त्री देउवा

नेपालभ्युज

प्रज्ञा प्रतिष्ठानको आर्थिक कठिनाइ सुल्झाउन पहल गर्छु : प्रधानमन्त्री देउवा

काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको आर्थिक कठिनाइ सुल्झाउन पहल गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव २०७९मा प्रतिष्ठानको लागि छुट्याएको बजेट अपुग भएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले आर्थिक कठिनाइ सम्बन्धित निकायसँग सल्लाह गरेर सुल्झाउन पहल गर्ने बताएका हुन्।

अर्थ मन्त्रालयले बजेटमा साहित्य र संस्कृतिसँग जोडिएका विभिन्न प्रतिष्ठानहरूलाई उपेक्षा गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले बताए।

“नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यिक काम र रचनाहरू प्रकाशित गरेको छ। तर बजेटको सिलिङमा अर्थमन्त्रालयले घटाएर पठाएको छ, ” उनले भने, “थप कृति र रचनाको प्रकाशनको निम्ति थप बजेट आवश्यक छ।”

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले पनि बजेटमा प्रतिष्ठानहरूलाई उपेक्षा गरेको बताए।

“दुई वर्षमा कोभिड महामारीका कारण अर्थतन्त्रमा परेको संकट र संकुचनको प्रभावले कटौतीमा परेको थियो,” उनी भन्छन्, “गत वर्ष पनि बजेटमा न्याय नभएको नपरेको गुनासो आएको थियो। आयोग, मन्त्रालय बसेर बहस छलफल गरेका हौँ। यसपालि पनि भनेजस्तो हिसाबले यसमा बिनियोजन गर्न सकेको छैन।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved