काठमाडौं महानगरको बजेट २५ अर्बभन्दा बढी, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

नेपालभ्युज

काठमाडौं महानगरको बजेट २५ अर्बभन्दा बढी, स्वास्थ्य र शिक्षालाई प्राथमिकता

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ। महानगरको चालु आर्थिक वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट विनियोजन गरिएको थियो।

आगामी आवका लागि चालु आवभन्दा सात अर्ब रुपैयाँ बढीको बजेट ल्याउन लागिएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्। आगामी आवको बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने पनि उनको भनाइ थियो।

चालु आवमा जस्तै भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनजस्ता विषयलाई पनि बजेटमा समेटिएको बताइएको छ।

चालु आवमा सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा १० अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। चालु आवकै बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ तीन अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रमा ५५ करोड, सामाजिक विकासमा दुई अर्ब ७० करोड, पूर्वाधार विकासमा १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा एक अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

आगामी वर्षका लागि महानगरले शुक्रबार बजेट ल्याउन तयारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved