नेकपा एसको दाबी – मन्त्री फेर्ने निर्णय आजै, केही घण्टामै कार्यान्वयन हुन्छ

नेपालभ्युज

नेकपा एसको दाबी – मन्त्री फेर्ने निर्णय आजै, केही घण्टामै कार्यान्वयन हुन्छ

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेर्ने निर्णय आजै कार्यान्वयन हुने दाबी गरेको छ।

बिहीबार काठमाडौंमा बसेको सचिवालयको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले मन्त्री फेर्ने निर्णय कार्यान्वयन केही घण्टामै हुने दाबी गरे। उनले केही दिन नभई घण्टाकै अन्तरमा मन्त्री हेरफेरमा लागेको बताए। प्रवक्ता खतिवडाले पार्टी निर्णय नै अन्तिम निर्णय हुने भएकाले नेकपा एसबाट सरकारमा सहभागी मन्त्री हेरफेर हुन लागेको जिकिर गरे।

खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै एक व्यक्तिको शर्तले असर नपर्ने बताए।

बैठकमा शुक्रबारबाट शुरु हुने पोलिटब्यूरो बैठक, ११ गते केन्द्रीय कमिटी र १३ र १४ केन्द्रीय परिषद्को बैठकका बिषयमा छलफल भएको थियो।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved