चेस ओलम्पियाडका लागि छनोट खेल शुरु

बुधबारदेखि काठमाडौंमा शुरु भएको छनोट प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ १२ खेलाडी सहभागी छन्।

नेपालभ्युज

चेस ओलम्पियाडका लागि छनोट खेल शुरु

काठमाडौं। भारतमा आयोजना हुने ४४ औँ चेस ओलम्पियाडका लागि छनोट खेल शुरु भएको छ।

बुधबारदेखि काठमाडौंमा शुरु भएको छनोट प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ १२ खेलाडी सहभागी छन्।

पुरुष तर्फबाट वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष वरियताका विवेक थीङ स्वतः छनोट भएका छन्। थप तीन जना खेलाडी जारी छनोट प्रतियोगिताबाट छानिने छन्।

यसैगरी महिलातर्फ वर्तमान राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरियताकी सुजना लोहनी छनोट भइसकेकी छन्। थप चार जना खेलाडी यसै छनोट प्रतियोगिताबाट छनोट हुनेछन्।

छनोटको दोस्रो चरणको खेलको समाप्तीसम्ममा पुरुषतर्फ मिलन लामा, क्षितिज भण्डारी, सुरवीर लामा, रुपेस जयसवाल र मनीष हमाल १.५ अंक सहित संयुक्त रुपमा शीर्ष स्थानमा छन्। महिलातर्फ विनिता कपाली र अनीसा न्यौपाने दुई अंकसहित संयुक्त शीर्ष स्थानमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved