“आईएमई पे” बाट उडान टिकट काट्दा क्यासब्याकसँगै तीन सय रुपैयाँ छुट पाइने

आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आईएमई पे”ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ।

नेपालभ्युज

“आईएमई पे” बाट उडान टिकट काट्दा क्यासब्याकसँगै तीन सय रुपैयाँ छुट पाइने

काठमाडौं। आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित “आईएमई पे”ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ।

कम्पनीले ’उच्च तापक्रममा उच्चतम छुट’ नामक “फ्ल्यास सेल” किसिमको नयाँ अफर ल्याएको हो। अफरमार्फत मङ्गलवार र शनिवारको दिन दिउँसोको ३ बजेदेखि ४ बजेसम्म ’आईएमई पे’ एपबाट हवाई उडान टिकट काट्दा यात्रुहरूले दैनिक हाइएस्ट क्यासब्याकको साथै थप तीन सय रुपैयाँ बोनस पाउने छन्।

आईएमई पे एपले यस अफर अवधिभरी हप्ताको २ दिन (मङ्गलवार र शनिवार) केवल १ घण्टाको लागि यस अफर मार्फत थप तीन सय रुपैयाँ बोनस यात्रुहरूलाई प्रदान गर्ने छ।

असार ७ गतेदेखि शुरु भएको यस अफरमार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved