विजुक्छेँलाई पत्नीशोक

नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ।

नेपालभ्युज

विजुक्छेँलाई पत्नीशोक

भक्तपुर। नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ।

पत्नी शोभा प्रधानको उपचारका क्रममा आज अपराह्नमा निधन भएको हो।

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मंसीर २०४० मा विवाह भएको थियो। सुवेग र सुवान गरी उनका दुई छोरा छन्।

लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत थिइन्।

उनको नेपाल क्यान्सर हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो।

पत्नी शोभासँग विजुक्छेँ

Comment

One thought on “विजुक्छेँलाई पत्नीशोक

Leave a Reply to Anjali Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved