नेकपा एसले आफ्ना मन्त्री छिटो परिवर्तन गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने

नेपालभ्युज

नेकपा एसले आफ्ना मन्त्री छिटो परिवर्तन गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गर्ने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट गएका मन्त्री परिवर्तन गर्ने विषयमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको नेकपा एसको सचिवालय बैठकले मन्त्री परिवर्तन गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। बैठकले मन्त्री परिवर्तनको निर्णय तुरुन्त कार्यान्वयन गराउन समेत ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए।

त्यस्तै बैठकमा पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकको तयारीका बारेमा पनि छलफल भएको खनालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved