स्कुल बसको ठक्करबाट ३४ वर्षीय थापाको मृत्यु

मोटरसाइकल पछाडि सवार बागलुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापाको दुर्घटनामा मृत्यु भएको हो।

नेपालभ्युज

स्कुल बसको ठक्करबाट ३४ वर्षीय थापाको मृत्यु

काठमाडौं। चितवनमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकल पछाडि सवार बागलुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापाको दुर्घटनामा मृत्यु भएको हो।

भरतपुर महानगरपालिका–४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स्कुलको बसले आनन्दपुरतर्फ आउँदै गरेको ना३३प ३६६६ नंको मोटरसाइकललाई ठक्कर दिँदा थापा घाइते भएका थिए।

घाइते थापालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय आयुस बोहोराको भने उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved