एसीसी महिला टी–२० : हङकङसँग हार्‍यो नेपाल

यसअघिका तीनओटा खेल नेपालले जितेको थियो। भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको नेपाल हङकङसँग भने हार्‍यो। 

नेपालभ्युज

एसीसी महिला टी–२० : हङकङसँग हार्‍यो नेपाल

काठमाडौं। मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप अन्तर्गत आज भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ।

मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपाललाई हङकङले ७ विकेटले पराजित गरेको हो।

यसअघिका तीनओटा खेल नेपालले जितेको थियो। भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको नेपाल हङकङसँग भने हार्‍यो।

आज भएको खेलमा नेपालले दिएको ११० रनको लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै ११२ बनायो। हङकङका लागि ओपनर मेरिको हिलले सर्वाधिक ४५ रन बनाउँदा नताशा माइल्स २८ रन र क्लेरी च्यानले १७ रन जोडिन्।

नेपालका लागि स्पिनर संगिता राईले २ र सीता मगरले १ विकेट लिइन्।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको थियो। नेपालका लागि कप्तान रुविना क्षेत्रीले ३२, विन्दु रावलले २३ र अप्सरी बेगमले २२ रन बनाइन्।

हङकङका लागि मरियम बीबी र एलिशा हर्बडले समान १/१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved