रवि लामिछाने राजनीतिक यात्राबारे घोषणा कार्यक्रम (लाइभ)

उनले आफ्नो नयाँ दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेका छन्। देशभर स्वतन्त्र रूपमा उम्मेदवार दिनेहरू आफ्नो पार्टीमा रहन सक्ने बताएका छन्।

नेपालभ्युज

काठमाडौं। सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो आगामी यात्राबारे औपचारिक घोषणा गरिरहेका छन्। राष्ट्रियसभा गृहमा भइरहेको कार्यक्रममा उनले आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गरिरहेका छन्।

उनले आफ्नो नयाँ दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ राखेका छन्। देशभर स्वतन्त्र रूपमा उम्मेदवार दिनेहरू आफ्नो पार्टीमा रहन सक्ने बताएका छन्। आफ्नो पार्टीको अरूभन्दा फरक ७ वटा विशेषता भएको पार्टी बनाउने दाबी गरेका छन्।

पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानेले राजनीतिक यात्राबारे विस्तृत जानकारी दिँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved