सर्जरीपछि अभिनेत्री स्वातिको अनुहारको स्वरूप नै बिग्रियो

भारतीय अभिनेत्री स्वाति सतीशले हालै रुट क्यानल अर्थात् दाँत सम्बन्धी एक शल्यक्रिया गरेपछि अनुहार बिग्रिएको छ। गलत उपचारको कारण ती अभिनेत्रीको अनुहारको स्वरूप बिग्रिएको भारतीय समाचार माध्यमले जनाएका छन्।

नेपालभ्युज

सर्जरीपछि अभिनेत्री स्वातिको अनुहारको स्वरूप नै बिग्रियो

काठमाडौं। भारतीय अभिनेत्री स्वाति सतीशले हालै रुट क्यानल अर्थात् दाँत सम्बन्धी एक शल्यक्रिया गरेपछि अनुहार बिग्रिएको छ। गलत उपचारको कारण ती अभिनेत्रीको अनुहारको स्वरूप बिग्रिएको भारतीय समाचार माध्यमले जनाएका छन्।

खराब शल्यक्रियापछि उनको अनुहार बिग्रिएको तस्वीर भारतीय मिडियाले सार्वजनिक गएका छन्। स्वातिले आफ्नो यस्तो अवस्थाको दोष चिकित्सकलाई लगाएकी छिन्। साथै, गलत रूपमा उपचार गरेको आरोप पनि लगाएकी छन्।

विवरण अनुसार बैंग्लोरमा रहने यी अभिनेत्रीले हालै रुट क्यानल सर्जरी गराएकी थिइन्। यसपछि उनको अनुहार सुन्निन थाल्यो भने पीडा पनि हुन थाल्यो। तीन सातापछि पनि उनको अनुहार उस्तै रह्यो। उनको पूरा स्वरूप बिग्रिएको छ। जसको कारण उनलाई पहिचान गर्न पनि मुस्किल भएको छ। यसकारण उनी घरबाहिर पनि निस्कन छाडेकी छन्।

स्वातिभन्दा अघि पनि अभिनेता चेतन राजको पनि प्लास्टिक सर्जरीको क्रममा मृत्यु भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved