वर्षाले चीनको जियाङ्सीमा ४ लाख ८५ हजार मानिस प्रभावित

भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो।

नेपालभ्युज

वर्षाले चीनको जियाङ्सीमा ४ लाख ८५ हजार मानिस प्रभावित

एजेन्सी। पूर्वी चीनको जियाङ्सी प्रान्तमा कविरल वर्षाका कारण चार लाख ८५ हजारभन्दा बढी बासिन्दा प्रभावित भएका छन्।

अविरल वर्षाका कारण सम्भावित जोखिम कम गर्नका लागि जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले हिजो साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ।

शनिबार दिउँसो तीन बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो।

मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) पुगेको छ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ।

वर्षाको प्रभाव बुधबार उत्तर याङ्जी नदी तर्फ सर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved