इथियोपियामा जातीय हिंसा, कम्तीमा २ सय सर्वसाधारणको हत्या

अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ। जातीय तनाव जारी रहिरहेका बेला यति धेरै संख्यामा मानिसहरू मारिएका हुन्।

नेपालभ्युज

इथियोपियामा जातीय हिंसा,  कम्तीमा २ सय सर्वसाधारणको हत्या

एजेन्सी। अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ। जातीय तनाव जारी रहिरहेका बेला यति धेरै संख्यामा मानिसहरू मारिएका हुन्।

देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरूको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। शवलाई सामूहिक चिहानमा गाडिएको छ।

एक प्रत्यक्षदर्शीले पनि आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन्। ओरोमिया समुदाय अहिले अर्कै क्षेत्रमा स्थानमा स्थानान्तरण हुन खोजेको प्राप्त विवरणमा जनाइएको छ।
आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन। आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved