आजको मौसम- प्रदेश–१ मा भारी वर्षाको सम्भावना, नदी आसपासमा सतर्क हुन अनुरोध

आज प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१ को एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

नेपालभ्युज

आजको मौसम- प्रदेश–१ मा भारी वर्षाको सम्भावना, नदी आसपासमा सतर्क हुन अनुरोध

काठमाडौं। आज प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१ को एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। वर्षा नभएका क्षेत्रहरूमा तापक्रमको वृद्धिका कारण हुनसक्ने असरहरूबाट बच्न पनि सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

महाशाखाका अनुसार हाल देशको प्रदेश–१, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसमविद्ले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved