एसपीपी सम्झौता नगर्ने मन्त्रिपरिषद्‌को निर्णय

बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको छ।

नेपालभ्युज

एसपीपी सम्झौता नगर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं। सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने निर्णय गरेको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद्‌ बैठकले सम्झौता नगर्ने निर्णय गरेको हो।

बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार उक्त सम्झौतामा सहभागी नहुन नेपाली सेनामार्फत् अमेरिकालाई पत्र पठाइनेछ।

एसपीपीमा सहभागी हुन नेपाली सेनाले सन् २०१५ र सन् २०१७ मा अमेरिकी दूतावासमा पत्र लेखेको थियो।

सन् २०१५ को अक्टुबर २७ मा तत्कालीन अमेरिकी राजदूत अलाइना तेप्लिजलाई सम्बोधन गरिएको पत्रमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले हस्ताक्षर गरेका छन्। हालै अमेरिकी सेनाका प्यासिफिक कमाण्डर नेपाल भ्रमण गरेर फर्किएपछि एसपीपीको विषय विवादित बनेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved