बलात्कार आरोपित पाण्डे पुर्पक्षका लागि थुनामा

नेपालभ्युज

बलात्कार आरोपित पाण्डे पुर्पक्षका लागि थुनामा

काठमाडौं। जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपित मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेका पाण्डेलाई न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पुर्पुक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई डिल्लीबजार कारागार पठाइएको छ।

सौन्दर्य प्रतियोगिताको आडमा ८ वर्षअघि पाण्डेले आफूमाथि बलात्कार गरेको एक किशोरीले आरोप लगाएकी थिइन्। ती किशोरीले घटना भएको ८ वर्षपछि सामाजिक सञ्जालमार्फत आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको सार्वजनिक गरेकी थिइन्।

घटना सार्वजनिक भएपछि प्रहरीले ७ जेठमा पाण्डेलाई काठमाडौंबाट पक्राउ गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved