युद्धकै बीच चीनले रूसबाट किन्यो ८४ लाख टन तेल

रूस–युक्रेन युद्धका कारण पश्चिमा देशले रूसमाथि लगाएको प्रतिबन्धपछि रूसबाट सबैभन्दा धेरै तेल खरीद गर्ने देश चीन भएको छ।

नेपालभ्युज

युद्धकै बीच चीनले रूसबाट किन्यो ८४ लाख टन तेल

एजेन्सी। २४ फेब्रुओरीबाट शुरु भएको रूस–युक्रेन युद्धका कारण पश्चिमा देशले रूसमाथि लगाएको प्रतिबन्धपछि रूसबाट सबैभन्दा धेरै तेल खरीद गर्ने देश चीन भएको छ। मे महीनामा मात्रै चीनमा खपत हुने तेलको ५५ प्रतिशत रूसबाट खरीद गरेको छ। यसरी रूसले चीनलाई तेल बेच्ने मामिलामा साउदी अरबलाई पनि उछिनेको छ।

कोरोना महामारीपछि चीनको अर्थतन्त्रमा कमी आएको थियो। हाल पनि चीनका केही राज्यमा कोभिड संक्रमण छ। यस्तो अवस्थामा पनि चीनले रूसबाट तेल खरीदलाई कम गर्नेभन्दा बढाएको छ। रूस–युक्रेनबीच युद्ध शुरु भएलगत्तै रूस–चीनले आफ्नो मित्रतामा कुनै सीमा नभएको बताएका थिए।

चिनियाँ तेल कम्पनीहरूले हालैका महीनाहरूमा रूसबाट कच्चा तेल खरीद बढाएका छन् । यसमा दुई ठूला चिनियाँ कम्पनीहरू सिनोपाक र सेन्हुआ समावेश छन् । अमेरिकी प्रतिबन्धपछि रुसले तेलमा ठूलो छुट दिएको थियो ।
चिनियाँ भन्सारको सामान्य प्रशासनका अनुसार गत महीना रुसबाट चीनमा कूल ८४ लाख टन तेल आयात भएको थियो। यससँगै साउदी अरब ७८ लाख टन तेल आयातका साथ दोस्रो स्थानमा छ।

मार्चमा अमेरिका र बेलायतले रुसी तेलमाथि प्रतिबन्ध लगाउने बताएका थिए । योसँगै युरोपेली संघले रुसको ग्यासमाथिको निर्भरता घटाउने बताएको थियो।

अमेरिकी राष्ट्रपतिले तेल बिक्रीमा प्रतिबन्धले रुसको अर्थतन्त्रको मेरुदण्डमा चोट पुग्ने बताए । तेल निर्यात रूसको आयको मुख्य स्रोत हो, तर यसले पश्चिमी देशहरूलाई पनि असर गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved