एकदिवसीय सिरिजको दोस्रो खेल अस्ट्रेलियाविरुद्ध श्रीलंकाको शानदार जित

अस्ट्रेलियासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली श्रीलंका ६ विकेटले विजयी भएको छ। जारी सिरिजमा अस्ट्रेलियामाथि श्रीलंकाको लगातार दोस्रो जित हो। अघिल्लो खेलमा श्रीलंका २६ रनले विजयी भएको थियो।

नेपालभ्युज

एकदिवसीय सिरिजको दोस्रो खेल अस्ट्रेलियाविरुद्ध श्रीलंकाको शानदार जित

काठमाडौं। अस्ट्रेलियासँगको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली श्रीलंका ६ विकेटले विजयी भएको छ। जारी सिरिजमा अस्ट्रेलियामाथि श्रीलंकाको लगातार दोस्रो जित हो। अघिल्लो खेलमा श्रीलंका २६ रनले विजयी भएको थियो।

तेस्रो खेलमा अस्ट्रेलियाले दिएको २९२ रनको लक्ष्य श्रीलंकाले ४८ दशमलव ३ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो। उसका लागि पथुम निशंका र कुशल मेन्डिसले उत्कृष्ट पारी खेले। १४७ बलको सामना गरेका निशंकाले ११ चौका र दुई छक्काको सहयोगमा १३७ रन बनाए। एक दिवसीयमा उनको यो पहिलो शतक हो।

त्यस्तै, मेन्डिस ८७ रनमा रिटायर्ट हर्ट भए। त्यसक्रममा उनले ८५ बलको सामना गर्दै आठ चौका हिर्काए। निरोशन डिकवेला, धनन्जय डिसिल्भा २५÷२५ रनमा आउट भए। चरिथा अशलंका १३ रनमा अविजित रहे।

अस्ट्रेलियाका लागि झय रिचडर्सनले दुई, ग्लेन म्याक्सवेल र जोस हेजलउडले एक÷एक विकेट लिए। त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २९१ रन बनायो।

उसका लागि ट्रभिस हेडले ६५ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए। कप्तान आरोन फिन्चले ८५ बलमा चार चौका र एक छक्कासहित ६३ रन जोडे। त्यस्तै, एलेक्स क्यारीले ५२ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४९ रनको पारी खेले।

ग्लेन म्याक्सवेल ३३, मार्नस लाबुसेन २९, मिचेल मार्श १० र डेविड वार्नर ९ रनमा आउट भए। क्यामरोन ग्रीन १५ रनमा अविजित रहे। श्रीलंकाका लागि जेफ्री वान्डरसेले १० ओभरमा ४९ रन दिएर सर्वाधिक तीन विकेट लिए।

त्यस्तै, धनन्जय डिसिल्भा, दुशमन्था चामेरा र दुसनथ वेललेगले एक÷एक विकेट हात पारे। यो जितसँगै पाँच खेलको सिरिजमा श्रीलंकाले २–१ को अग्रता लिएको छ। श्रीलंका र अस्ट्रेलियाबीचको चौथो एकदिवसीय मंगलबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved