भारतको असाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु

नेपालभ्युज

भारतको असाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु

नयाँ दिल्ली। भारतको असाम र मेघालयमा वर्षासँगै आएको बाढीमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको छ।

असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको त्यहाँका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ।

असाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ। यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तिमा पनि १८ लाख भन्दा बढी मानिस प्रभावित भएका छन्।

उता मेघालयका पनि दर्जनौँ जिल्लामा बाढीको प्रकोप बढेको छ। ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved