प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ।

नेपालभ्युज

प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने

काठमाडौं। नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ। वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सरकारविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।

रिटमाथिको अन्तिम सुनुवाइ जेठ ३० मै भए पनि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले बहस नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

मन्त्रिपरिषद्ले गत वैशाख १८ मा धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। भोलिपल्टै पोखरेलले सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए।

पहिलो वरियतामा रहेका एआईजी विश्वराज पोखरेललाई महानिरीक्षक नबनाई तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी बनाएपछि पोखरेल अदालत गएका हुन्। यसअघि पछिल्लो सुनुवाइ एक साताअघि भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved