सिसडोलमा रङ्गशाला बनाउने मेयर बालेनको योजना

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रङ्गशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले यस्तो योजना राखेका हुन।

नेपालभ्युज

सिसडोलमा रङ्गशाला बनाउने मेयर बालेनको योजना

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रङ्गशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले यस्तो योजना राखेका हुन।

सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रङ्गशाला र पार्क बनाउने चाहना रहेको बालेनले बताए।

उनले लिग खेल्ने काठमाडौंका क्लबहरूमा बाहिरका खेलाडीको वर्चस्व रहेकोले स्थानीय खेलाडी टिम बनाउन लागिएको र त्यसका लागि रङ्गशाला पनि आवश्यक पर्ने बताएका थिए।

काठमाडौंबाट सिसडोल करिब १२ किलोमिटरको दूरीमा छ। महानगरभित्रका ए डिभिजन क्लबलाई महानगरले वार्षिक १० लाख दिने गरेको छ। नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved