काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको संलग्न रहेको दाबी गरेका छन्।
पार्टीको युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा उनले एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उनले दाबी गरे। एमालेलाई लक्षित गर्दै उनले एसपीपीमा धेरै बहस भएपछि खोज्दै जाँदा संसदमा यस विषयमा हंगामा मच्चाउने दल नै जोडिएको बताए।
सत्तागठबन्धन दलले ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)का बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गर्नेबारे समेत उनले जानकारी दिए।नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग शनिबार छलफल गरेको जानकारी दिँदै यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय भएको बताए।
त्यस्तै उनले सरकार र सेनाको धारणा बुझ्दा एसपीपी अगाडि नबढ्ने पक्कापक्की भएको बताए।
Facebook Comment
Comment