दुर्गा प्रसाईंलाई दुबईका राजकुमारले दिए सुनको लौरो उपहार

नेपालभ्युज

दुर्गा प्रसाईंलाई दुबईका राजकुमारले दिए सुनको लौरो उपहार
तस्वीर: सामाजिक सञ्जाल

काठमाडौं। मेडिकल व्यवसायी तथा नेकपा एमालेका  केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई दुबईका राजकुमार जुमा अल मोक्तुमले सुनको लौरो उपहार दिएका छन्।

दुबईका राजकुमार माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका थिए। काठमाडौंमा अवतरणपश्चात् उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका उनलाई स्वागत गर्न व्यवसायी प्रसाईं पुगेका थिए।

झापास्थित चन्द्रगढी विमानस्थलमा ओर्लेका अधिराजकुमारले आफूलाई स्वागत गर्न पुगेका प्रसाईंलाई सुनको लौरो उपहार दिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved