मनसुनी वायुको सामान्य प्रभाव

राजधानी काठमाडौंमा बिहानैदेखि पारिलो घाम लागेको छ।

नेपालभ्युज

मनसुनी वायुको सामान्य प्रभाव
फाइल तश्वीर

काठमाडौं। हाल देशका प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ।

प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ। राजधानी काठमाडौंमा बिहानैदेखि पारिलो घाम लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved