किभ हिँडे फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री

रूसले गत २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले किभको भ्रमण गरेको यो पहिलो पटक हो।

नेपालभ्युज

किभ हिँडे फ्रान्सेली राष्ट्रपति, जर्मन चान्सलर र इटालीका प्रधानमन्त्री

एजेन्सी। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी युक्रेनतर्फ हिँडेका छन्।

तीनै जना शीर्ष नेताहरु बिहीबार पोल्याण्डबाट युक्रेनको किभ जाने रेलमा चढेको एएफपी सम्वाददाताले जनाएका छन्।

एएफपी भिडिओद्वारा प्रसारित भिडिओमा तीन नेताहरू बिहान रेलको डिब्बामा सँगै बसेको देखाइएको थियो।

रूसले गत २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि युरोपेली संघका तीन देशका नेताहरूले किभको भ्रमण गरेको यो पहिलो पटक हो।

उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने छन्। किभले इयूको सदस्यताका लागि जोड दिइरहेको बेला यो भ्रमण आएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved