काभ्रेपलाञ्चोक जिससमा सत्ता गठबन्धनका दीपक गौतम विजयी, एमाले ‘क्लिन स्विप’

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का दीपककुमार गौतम विजयी भएका छन्।

नेपालभ्युज

काभ्रेपलाञ्चोक जिससमा सत्ता गठबन्धनका दीपक गौतम विजयी, एमाले ‘क्लिन स्विप’

धुलिखेल। जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का दीपककुमार गौतम विजयी भएका छन्। सत्ता गठबन्धनको तर्फबाट उनी प्रमुखमा निर्वाचित भएका हुन्।

धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली कांग्रेसका रिमबहादुर तामाङ विजयी भएका छन्।

यस्तै, सदस्यमा नेकपा माओवादी केन्द्रका कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, कांग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ विजयी भए। विजयी सबैले बुधबार नै पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरे।

काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन्। स्थानीय तह निर्वाचनमा कांग्रेसले पालिकाको प्रमुख÷अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा विजय हासिल गरेका थिए।

कांग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा विजयी भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved