कालीकोटमा सुत्केरी हुन नसकेर‍ गर्भवतीको मृत्यु

नेपालभ्युज

सुर्खेत। कालीकोटमा सुत्केरी हुन नसकेर गर्भवती महिलाको मृत्यु भएको छ।

जिल्लाको खाँडाचक्र नगरपालिका–५ की २८ वर्षीय पुन्नकली विक सुत्केरी हुन नसकेपछि शिशु र आमा दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

पुन्कलीलाई सुत्केरी व्यथा लागेपछि आफन्तले सोमबार जिल्ला अस्पताल कालीकोट ल्याएका थिए।

पुन्नकलीको पाठेघरमा रगत जमेको र बच्चा समेत उल्टो बसेपछि दुबैको ज्यान बचाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डा।रत्नवीर सुनारले बताए।

पुन्नकलीलाई बचाउनको लागि प्रहरीले रगत दिएको तर, बचाउन नसकिको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी सिद्धराज न्यौपानेले बताए।

यसअघि पनि पुन्नकलीबाट जन्मिएका तीन बच्चा उल्टो अवस्थामा पेटमै मरेको जिल्ला अस्पताल कालीकोटले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved