काठमाडौं। नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध सगरमाथामा भएको प्रदर्शनलाई लिएर आपत्ति जनाएका छन्।
एक रुसी पर्वतारोही कात्या लिप्काले मे को अन्तिम साता सगरमाथाको शिखरमा पुगेर रुस–युक्रेन युद्धको विरोध गर्दै युक्रेनको झण्डा प्रदर्शन गरेकी थिइन्। यसमा आपत्ति जनाउँदै नेता बास्कोटाले पुटिनविरुद्ध सगरमाथाको टुप्पोमा विदेशीलाई प्लेकार्ड प्रदर्शन गर्न दिनु महागलत भएको टिप्पणी गरे।
‘‘युक्रेनमाथि रुसी हमला गलत हो। तर रुसी राष्ट्रपति पुटिनविरुद्ध सगरमाथाको टुप्पोमा विदेशीलाई प्लेकार्ड प्रदर्शन गर्न दिनु महागलत हो’’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘‘कुनै शक्तिराष्ट्रको गुडबुकमा पर्नकै लागि प्रम देउवाले देशलाई विदेशीको प्लेग्राउण्ड बनाउन पाउँदैनन्। सत्ता प्राप्तिको तुच्छ स्वार्थभन्दा देश धेरै माथि छ’’
Facebook Comment
Comment