निजगढबारे सर्वोच्चको फैसला मान्न जरुरी छैन : सांसद सुब्बा

आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद सुब्बाले निजगढ विमानस्थल निर्माण रोक्ने सर्वोच्चको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आग्रह गरे।

नेपालभ्युज

निजगढबारे सर्वोच्चको फैसला मान्न जरुरी छैन : सांसद सुब्बा

काठमाडौं। नेकपा (एमाले) का सांसद विजय सुब्बाले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलाको विरोध गर्नुपर्ने बताएका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद सुब्बाले निजगढ विमानस्थल निर्माण रोक्ने सर्वोच्चको निर्णय कार्यान्वयन नगर्न सरकारलाई आग्रह गरे।

संसद्मा उनले भने, ‘‘सरकार अदालतको राष्ट्रघाती निर्णयको विपक्षमा बोल्नुपर्छ। अदालतको फैसला भन्दैमा यसलाई मानिरहन जरुरी छैन।’’

सर्वोच्च अदालतले १२ जेठमा निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण नगर्न आदेश दिएको थियो। सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढ विमानस्थल बनाउने सरकारको निर्णय बदर गरी निजगढको विकल्प खोज्न आदेश दिएको हो।

सरकारले भने उक्त विमानस्थल निर्माणका लागि बजेट छुट्याएको छ। सबै दलका नेताहरु सर्वोच्चको निर्णयको विरोधमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved