चर्चित फेसन डिजाइनर प्रत्यूषा बाथरूममा मृत फेला

उनी शनिवार हैदराबादस्थित बजारा हिल्स अपार्टमेन्टको बाथरुममा मृत फेला परेको प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।

नेपालभ्युज

चर्चित फेसन डिजाइनर प्रत्यूषा बाथरूममा मृत फेला

एजेन्सी। भारतकी चर्चित फेसन डिजाइनर प्रत्यूषा गरिमेला मृत अवस्थामा भेटिएकी छन्। उनी शनिवार हैदराबादस्थित बजारा हिल्स अपार्टमेन्टको बाथरुममा मृत फेला परेको प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ।
मृत ३५ वर्षकी प्रत्यूषाको कोठाबाट एक सुसाईड नोट समेत फेला पारेको छ। अमेरिकाबाट फेसन डिजाइनिङ पढेर प्रत्यूषाले हैदराबादमा फेसन डिजाइनरका रुपमा करियर शुरु गरेकी थिइन्। सन् २०१३ मा उनले आफ्नो नामको एक लेबल पनि शुरु गरेकी थिइन्। र, त्यसपछि उनी निकै लोकप्रिय बनेकी थिईन्।

प्रत्यूषाले बलिउड र साउथका माधुरी दिक्षित, रवीना टण्डन, काजोल, परिणिती चोपडा, हुमा कुरैशी, श्रीया सरन, काजल अग्रवाल, जूही चावला, गौहर खान, नेहा धुपिया, भूमि पेडनेकरलगायतका अभिनेत्रीहरूको ड्रेस डिजाइन गरिसकेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved