अमेरिकामा ‘गन कल्चर’ को विरुद्धमा व्यापक प्रदर्शन

अमेरिकामा बन्दुक संस्कृतिविरुद्ध विरोध प्रदर्शन चर्किएको छ। लगातार गोली काण्डका घटनाहरू भइरहेपछि आन्दोलन व्यापक बनेको हो।

नेपालभ्युज

अमेरिकामा ‘गन कल्चर’ को विरुद्धमा व्यापक प्रदर्शन

एजेन्सी। अमेरिकामा बन्दुक संस्कृतिविरुद्ध विरोध प्रदर्शन चर्किएको छ। लगातार गोली काण्डका घटनाहरू भइरहेपछि आन्दोलन व्यापक बनेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यी प्रदर्शनहरूलाई समर्थन गरेका छन्। र अमेरिकी सदन कंग्रेसलाई नयाँ बन्दुक सुरक्षा कानुन छिट्टै पारित गर्न अपिल गरेका छन्।

तर, रिपब्लिकन सांसदहरूले यो विधेयकको विरोध गर्ने बताइएको छ।
गत महिना टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिका र दुई वयस्कको मृत्यु भएको थियो।
यसपछि बफेलो सुपरमार्केटमा भएको भीषण गोलीबारीमा १० जनाको ज्यान गएको थियो।
त्यसबेलादेखि अमेरिकामा बन्दुक राख्ने नियमलाई कडा पार्ने माग भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved