भारतमा मुस्लिमको प्रदर्शनमा हिंसा भड्कियो, २ जनाको मृत्यु

मुस्लिम धर्मावलम्बीको भावनामा ठेस पुग्ने गरी पैगम्बर मोहम्मदको आलोचना गर्दै भारतीय जनता पार्टी (भाजपा) नेत्री नूपुर शर्माले दिएको विवादित बयानले हिंसा भड्किएको छ।

नेपालभ्युज

भारतमा मुस्लिमको प्रदर्शनमा हिंसा भड्कियो, २ जनाको मृत्यु

एजेन्सी। मुस्लिम धर्मावलम्बीको भावनामा ठेस पुग्ने गरी पैगम्बर मोहम्मदको आलोचना गर्दै भारतीय जनता पार्टी (भाजपा) नेत्री नूपुर शर्माले दिएको विवादित बयानले हिंसा भड्किएको छ। प्रदर्शन बढ्दै गएपछि प्रशासनले शहरभरि कर्फ्यू आदेश जारी गरेको छ।

मुस्लिम समुदायले विवादित बयानविरुद्ध देशभर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा २ जनाको मृत्यु भएको छ।

राँचीमा भएको हिंसात्मक प्रदर्शनमा गम्भीर घाइते भएका २ जनाको राजेन्द्र आयुर्विज्ञान संस्थान (रिम्स) मा उपचारका क्रममा मृत्यु भएको छ। भने ८ जना घाइतेको उपचार जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved