त्रिविमा लगाएको ताला खोल्न नेविसंघ तयार, छानबिन समिति गठन गर्न माग

नेविसंघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोल्ने भएको छ।

नेपालभ्युज

त्रिविमा लगाएको ताला खोल्न नेविसंघ तयार, छानबिन समिति गठन गर्न माग

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोल्ने भएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गरी नेविसंघले १५ दिनभित्र छानबिन समिति गठन गर्न माग गर्दै तत्कालका लागि त्रिवि केन्द्रीय कार्यालयको तालाबन्दीसहितको आन्दोलनका कार्यक्रमहरु स्थगित  गरेको हो।

करिब पाँच महीना अघिदेखि नेविसंघले त्रिविमा लगाएको ताला एक साताअघि नेकपा (क्रान्तिकारी) का कार्यकर्ताले तोडेका थिए। त्यसको भोलिपल्टै नेविसंघले पुनः ताला लगाएको थियो। त्रिविमा ताला लागेको विषय संसदसम्म पुगेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved