नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाइए पनि यातायात अझै असहज

नारायणगढ–मुग्लिन सडक र मुग्लिननजिक पृथ्वी राजमार्गको नाग्दी खोलामा गएको पहिरो पन्छाएपनि यातायात अझै सहज हुन सकेको छैन।

नेपालभ्युज

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाइए पनि यातायात अझै असहज
फाइल तस्वीर

चितवन। नारायणगढ–मुग्लिन सडक र मुग्लिननजिक पृथ्वी राजमार्गको नाग्दी खोलामा गएको पहिरो पन्छाएपनि यातायात अझै सहज हुन सकेको छैन। लामो समयदेखि सडकमा रोकिएका गाडीहरूका कारण लामो जामका कारण यातायात सहज हुनु समय लाग्ने बताइएको छ।

मुग्लिनदेखि दुई किलोमिटरपर काठमाडौंतर्फ पर्ने पृथ्वीराजमार्गको नाग्दी खोलामा बुधबार मध्यरातमा पहिरो खसेको थियो। त्यसैगरी मुग्लिनदेखि साढे तीन किलो मिटर पर नारायणगढतर्फ मुग्लिन–नारायणगढ सडकको नान्सी पुलमा बिहीबार बिहान चार बजे पहिरो गएको थियो।

नान्सी पुलको पहिरो बिहीबार मध्यान्ह सफा गरेर गाडी चलाउन शुरु भएको थियो। तर नाग्दीको पहिरो साँझ मात्रै पूर्ण रुपमा सफा भएको डिभिजन सडक कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालयका सूचना अधिकारी रहेका इन्जिनियर शिव खनाल कुनै समय पहिरो सफा भएपछि पनि यातायता सहज हुन ४० घण्टासम्म लागेको बताउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved