मोटरसाइकल दुर्घटनामा दाङका युवकको मृत्यु

दाङको घोराही–रामपुरस्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा दाङका युवकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। दाङको घोराही–रामपुरस्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

बिहीबार बिहान ४ बजे रा४प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही–२ का २७ वर्षीय गोविन्द रेग्मीको मृत्यु भएको हो।

घोराहीदेखि रामपुरतर्फ जानेक्रममा मोटरसाइकल अनियन्त्रित भई घोराही-४ सुनपुरस्थित घरको रेलिङमा ठोक्किँदा घाइते भएका रेग्मीको उपचारका क्रममा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved