मेलम्ची खोलामा आएको बाढीले आसपासका सडकमा क्षति

वर्षायाम शुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपासमा क्षति हुन थालेको छ। गएराति ठूलो वर्षापछि मेलम्ची खोलामा आएको बाढीले अस्थायी संरचनामा क्षति पुर्याएको हो।

नेपालभ्युज

मेलम्ची खोलामा आएको बाढीले आसपासका सडकमा क्षति

काठमाडौं। वर्षायाम शुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खोला आसपासमा क्षति हुन थालेको छ। गएराति ठूलो वर्षापछि मेलम्ची खोलामा आएको बाढीले अस्थायी संरचनामा क्षति पुर्याएको हो।

गएरातिको बाढीले मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा रहेको अस्थायी ह्युम पाइप कल्भर्टमा क्षति पुर्याएको मेलम्ची नगरपालिकाले जनाएको छ। पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ। यातायात आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले फट्टेको ह्युमपाइप मर्मत गरेर एक हप्ता सञ्चालनमा ल्याइने नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले बताए। यो फट्टे पुलमा क्षति पुग्दा पाँचपोखरी थाङ्पाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्चीका २ वटा वडाको आवतजावत प्रभावित भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved