सोमालियामा खाद्य संकट, सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

सोमालियामा चरम खाद्य संकट देखिएको छ।

नेपालभ्युज

सोमालियामा खाद्य संकट, सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

सोमालिया। सोमालियामा चरम खाद्य संकट देखिएको छ। संयुक्त राष्ट्रसंघले सोमालियामा सयौं हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएको सोमालियाका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहयतासम्बन्धी निकायका प्रमुख आदम अब्देलमौलाले बताए।

उनले सोमालियमा लामो समयदेखिको खडेरीका कारण पनि खाद्यान्न उत्पादन हुन छोडेको धेरै समय भएको भन्दै अहिले नै यहाँका सयौँ हजार नागरिकमा खाद्यान्न अभाव देखिएकाले तत्कालै सहयोगको खाँचो रहेको बताएका हुन्।

सोमालिया लामो समयदेखि जातीय द्वन्द्वमा फसेको छ। निकै लामो समयदेखि हिंसामा फसेको सोमालियामा यो वर्षको सुरुदेखि नै भोकमरी शुरु भएको उनले बताए।

‘‘अहिले नै सोमालियाका लागि केही नगर्ने हो भने यहाँका नागरिक ठूलो भोकमरीमा परेका छन्,’’ उनले भनेका छन्, ‘‘त्यसैले विश्व समुदायले यसतर्फ सोच्नुपर्ने अवस्था देखिएको छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved