निहुरो टिप्न गएका चार जनामाथि बाघको आक्रमण, एक जनाको मृत्यु

नेपालभ्युज

निहुरो टिप्न गएका चार जनामाथि बाघको आक्रमण, एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

चितवन। घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५ वर्षीया मङ्गली बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सामुदायिक वनमा आज दिउँसो निहुरो टिप्न गएका ४ जनामध्ये बोटेलाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणमा परी मृत्यु भएकी महिलाको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved