चार दिनदेखि हराइरहेकी बालिकाको शव मकैबारीमा भेटियो

सुर्खेतमा चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा फेला परेको छ।

नेपालभ्युज

चार दिनदेखि हराइरहेकी बालिकाको शव मकैबारीमा भेटियो
फाइल फोटो

काठमाडौं। सुर्खेतमा चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा फेला परेको छ। सुर्खेत गुर्भाकोट नगरपालिका ५ की सात वर्षीया गृष्मा विकको शव मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ।

शुक्रबारदेखि हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको हो।

हत्या आरोपमा स्थानीय २० वर्षीया घनश्याम विकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved