यू-१९ महिला विश्वकप छनोट : नेपालले भुटानलाई चार विकेटले हरायो

नेपालले यू–१९ महिला विश्वकपको एसियाली छनोट खेलमा भुटानलाई चार विकेटले पराजित गरेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।

नेपालभ्युज

यू-१९ महिला विश्वकप छनोट : नेपालले भुटानलाई चार विकेटले हरायो

काठमाडौं। नेपालले यू–१९ महिला विश्वकपको एसियाली छनोट खेलमा भुटानलाई चार विकेटले पराजित गरेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।

प्रतियोगिताको आफ्नो तेस्रो खेलमा पहिलो बलिङ गरेको नेपालले भुटानलाई ६६ रनमा रोकेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको भुटानले नेपालको कसिलो बलिङसामु २० ओभरमा नौ विकेट गुमाउँदै मात्र ६६ रन जोड्न सक्यो।

भुटानलाई सस्तैमा समेट्न नेपालकी मनिषा कुमारी उपाध्यायले चार ओभरमा दुई मेडन सहित मात्र तीन रन दिएर दुई विकेट लिएकी थिइन। त्यसैगरी कृतिका मरासैनी र अनु कडायतले समान दुई विकेट लिएका थिए।

भुटानका लागि मात्र दुई ब्याटरले सर्वाधिक ११/११ रन जोडेका थिए। जवाफमा ६७ रनको सहज लक्ष्य नेपालले १४ औँ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गर्‍यो। नेपालको जितमा सनु राजवंशीले सर्वाधिक अविजित ३० रनको योगदान दिइन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो। यूएईसँग भने इतिहासमै खराब प्रदर्शन गरेको नेपाल मात्र आठ रनमा अलआउट हुँदै १० विकेटले पराजित भएको थियो।

६ टिम सहभागी प्रतियोगितामा शिर्ष स्थान प्राप्त गर्ने एक टिमले अर्को बर्ष दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउँछ। उक्त विश्वकपमा छनोट हुन नेपालले बाँकी सबै खेल जितेर मात्र पुग्दैन, भारी अन्तरको जितको आवश्यकता पर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved