आजको मौसम : पूर्वी तथा मध्य भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि बदली छ। कतिपय क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

नेपालभ्युज

आजको मौसम : पूर्वी तथा मध्य भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ।

उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि बदली छ। कतिपय क्षेत्रमा हल्का वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved