कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा

२७ जेठमा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र ३० जेठमा मतदान गर्ने कार्यक्रम तय गरिएको छ।

नेपालभ्युज

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा
सांकेतिक तस्वीर ।

कञ्चनपुर। जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही ३० जेठमा हुने भएको छ। निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको कार्यक्रमअनुसार २४ जेठमा मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको छ।

यसैगरी, २५ जेठमा मतदाताको विरोधमा दिएको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम नामावली प्रकाश गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २६ जेठमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम अघि सारिएको छ।

यस्तै, २७ जेठमा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र ३० जेठमा मतदान गर्ने कार्यक्रम तय गरिएको छ।

मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट निर्वाचन अधिकृतले सुरक्षितरुपमा प्राप्त गरेपछि मात्रै मतगणनाको कार्य शुरु हुने बताइएको छ। निर्वाचन सम्बन्धित मतदान केन्द्रमा हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved